घर छ अनि घाट छ
यी दुईको बिचमा
-बिद्यालय छ
-मन्त्रालय छ
-न्यायलय छ
-देवालय छ
-आफ्नाहरुबाट झनै भय छ
-हामिले नै जन्माएका भगवान सय छ
-अन्धो कानुन’कै जय जय छ
-जिन्दगीको सुन्दर लय पनि छ
-हामी मान्छे जस्तै समय पनि छ
तर, घरबाट बिहानै हिंडेकि छोरी
सिधै किन घाट पुग्छे ?
यो कुरा अझै रहस्यमय छ !