निन्द्रा

म भन्दा पहिला सपना बिउँझिन्छ
जो कहिलै
पूरा निन्द्रा निदाउँदैन

र बिहान भन्दा पहिला म बिउँझिन्छु
जो सधैं
निदाउँन चहान्छ

आमाको कोखमा
नौँ महिना निदाएको म
यश लोकमा पनि
निदाइरहन चहान्छु

त्यसैले त
हिजोआज म रात भन्दा चाडैँ
ओछ्यानमा सुत्न जान्छु !

Related Articles

Leave a Reply

Check Also

Close
Close