‘घर छाड्नुभन्दा दुई वर्षअघि बुबाले आमालाई भन्नुभएको थियो, म धेरैनै कुरूप छु भनेर ।’ यो पहिलो पङ्क्ति हो, ‘एलेना फरान्टे’को सन् २०१९ मा प्रकाशित उपन्यास ‘द लाइङ्ग लाइफ अफ एडल्टस्’को, जुन मलाई साथीले पढेर सुनाएको थियो । म उपन्यासको उक्त हरफ सुनेरै तरङ्गित भएको थिएँ, कसरी कसैले आफ्नै सन्तानको बारेमा त्यतिसम्मको घृणित शब्द ओकल्न सक्छ ? साथीले त्यो किताब पढेर…
Read More »
म त्यहाँ पुगेँ, जहाँ यो भन्दा अघि मेरो कल्पना मात्रै पुगेको थियो । लाङटाङले ओछ्याएको हत्केलामा चौरीहरू चरिरहेका थिए, जो आउने-जाने हरेक पदयात्रीहरूलाई यसरी घुरेर हेर्थे, मानौँ उनीहरू कुनै बेग्लै ब्रह्माण्डबाट अवतरित भएका प्राणी हुन् । ती चौरीहरूलाई चार-पाँच महिनाको अन्तरालमा नुन दिने रहेछन् । त्यसैले हामी पदयात्रीहरूले आफूसँग नुन लिएर आएका छौँ कि भनेर आश भरिएको आँखाले हामीलाई हेर्ने…
Read More »
“तपाईं मान्छेहरूलाई कसरी सम्झिनुहुन्छ ?” यो प्रश्न सोधिरहदा उसको चित्रपटझैँ लाग्ने अनुहारमा कस्तो प्रकारको भावको रङ्ग पोतिएको थियो, म त्यसलाई पढ्न सकिरहेको थिइनँ । उसको कस्तो मनोभाव आवृतिबाट यो प्रश्न निस्किएको थियो, मैले पछ्याउँन सकिनँ । त्यो बेला म उसको प्रश्नले बोकेको नियत र मर्मलाई पनि बुझ्न असमर्थ भएको थिएँ । सबै प्रश्नहरूले जवाफ मात्रै खोज्दैनन् । मैले अनुमान कोरलेको…
Read More »
कानमा होइन हृदयमा गुञ्जिरहेको थियो, ‘लता मङ्गेश्कर’को कर्णप्रिय आवाज: ‘लग जा गले कि फिर ये हसीं रात हो न हो शायद फिर इस जनम में मुलाक़ात हो न हो ।’ म कुरी गाउँलाई बिदाइ माग्दै थिएँ, मनमनै । साथीले बाइकको एक्सिलेरेटर बेस्सरी बटार्यो । बाइक उकालो चढ्न थाल्यो । म फर्की-फर्की कुरी गाउँलाई हेर्न थालेँ । लाग्यो, आफ्नो केही हिस्सा पछाडि छुट्दै…
Read More »
म ठ्याक्कै चार बजे तुलसीपुर बसपार्क पुगेँ । बस बसिरहेको थियो, मलाई कुरेर । म बसभित्र पसेँ । टिकट हेरेँ र आफ्नो सिटमा गएर थपक्क बसेँ । म जस्तै केही यात्रीहरू बसमा उक्लन थालेँ । साढे चारमा बसले बसपार्क छाड्यो । मैले टाउको घुमाउँदै आफ्नो सिट पछाडि हेरेँ । म बाहेक पाँचजना मात्रै थिए यात्रीहरू । “दाइ, मान्छे…
Read More »