‘घर छाड्नुभन्दा दुई वर्षअघि बुबाले आमालाई भन्नुभएको थियो, म धेरैनै कुरूप छु भनेर ।’ यो पहिलो पङ्क्ति हो, ‘एलेना फरान्टे’को सन् २०१९ मा प्रकाशित उपन्यास ‘द लाइङ्ग लाइफ अफ एडल्टस्’को, जुन मलाई साथीले पढेर सुनाएको थियो । म उपन्यासको उक्त हरफ सुनेरै तरङ्गित भएको थिएँ, कसरी कसैले आफ्नै सन्तानको बारेमा त्यतिसम्मको घृणित शब्द ओकल्न सक्छ ? साथीले त्यो किताब पढेर…
Read More »म त्यहाँ पुगेँ, जहाँ यो भन्दा अघि मेरो कल्पना मात्रै पुगेको थियो । लाङटाङले ओछ्याएको हत्केलामा चौरीहरू चरिरहेका थिए, जो आउने-जाने हरेक पदयात्रीहरूलाई यसरी घुरेर हेर्थे, मानौँ उनीहरू कुनै बेग्लै ब्रह्माण्डबाट अवतरित भएका प्राणी हुन् । ती चौरीहरूलाई चार-पाँच महिनाको अन्तरालमा नुन दिने रहेछन् । त्यसैले हामी पदयात्रीहरूले आफूसँग नुन लिएर आएका छौँ कि भनेर आश भरिएको आँखाले हामीलाई हेर्ने…
Read More »“तपाईं मान्छेहरूलाई कसरी सम्झिनुहुन्छ ?” यो प्रश्न सोधिरहदा उसको चित्रपटझैँ लाग्ने अनुहारमा कस्तो प्रकारको भावको रङ्ग पोतिएको थियो, म त्यसलाई पढ्न सकिरहेको थिइनँ । उसको कस्तो मनोभाव आवृतिबाट यो प्रश्न निस्किएको थियो, मैले पछ्याउँन सकिनँ । त्यो बेला म उसको प्रश्नले बोकेको नियत र मर्मलाई पनि बुझ्न असमर्थ भएको थिएँ । सबै प्रश्नहरूले जवाफ मात्रै खोज्दैनन् । मैले अनुमान कोरलेको…
Read More »कानमा होइन हृदयमा गुञ्जिरहेको थियो, ‘लता मङ्गेश्कर’को कर्णप्रिय आवाज: ‘लग जा गले कि फिर ये हसीं रात हो न हो शायद फिर इस जनम में मुलाक़ात हो न हो ।’ म कुरी गाउँलाई बिदाइ माग्दै थिएँ, मनमनै । साथीले बाइकको एक्सिलेरेटर बेस्सरी बटार्यो । बाइक उकालो चढ्न थाल्यो । म फर्की-फर्की कुरी गाउँलाई हेर्न थालेँ । लाग्यो, आफ्नो केही हिस्सा पछाडि छुट्दै…
Read More »म ठ्याक्कै चार बजे तुलसीपुर बसपार्क पुगेँ । बस बसिरहेको थियो, मलाई कुरेर । म बसभित्र पसेँ । टिकट हेरेँ र आफ्नो सिटमा गएर थपक्क बसेँ । म जस्तै केही यात्रीहरू बसमा उक्लन थालेँ । साढे चारमा बसले बसपार्क छाड्यो । मैले टाउको घुमाउँदै आफ्नो सिट पछाडि हेरेँ । म बाहेक पाँचजना मात्रै थिए यात्रीहरू । “दाइ, मान्छे…
Read More »