कानमा होइन हृदयमा गुञ्जिरहेको थियो, ‘लता मङ्गेश्कर’को कर्णप्रिय आवाज: ‘लग जा गले कि फिर ये हसीं रात हो न हो शायद फिर इस जनम में मुलाक़ात हो न हो ।’ म कुरी गाउँलाई बिदाइ माग्दै थिएँ, मनमनै । साथीले बाइकको एक्सिलेरेटर बेस्सरी बटार्यो । बाइक उकालो चढ्न थाल्यो । म फर्की-फर्की कुरी गाउँलाई हेर्न थालेँ । लाग्यो, आफ्नो केही हिस्सा पछाडि छुट्दै…
Read More »म ठ्याक्कै चार बजे तुलसीपुर बसपार्क पुगेँ । बस बसिरहेको थियो, मलाई कुरेर । म बसभित्र पसेँ । टिकट हेरेँ र आफ्नो सिटमा गएर थपक्क बसेँ । म जस्तै केही यात्रीहरू बसमा उक्लन थालेँ । साढे चारमा बसले बसपार्क छाड्यो । मैले टाउको घुमाउँदै आफ्नो सिट पछाडि हेरेँ । म बाहेक पाँचजना मात्रै थिए यात्रीहरू । “दाइ, मान्छे…
Read More »‘HOUSE OF SECRETS’ हेरेँ दिनदेखि म शान्त रहन सकिरहेको थिइनँ । त्यसको भयानक / दर्दनाक कहानीले दिनभरी रन्थनाइरहन्थ्यो । रातभरी तर्साइरहन्थ्यो । लागिरहन्थ्यो, छालाभित्र काला कमिलाहरू हिंडिरहेका छन् । लागिरहन्थ्यो, म नाङ्गो खुट्टा मध्य-दिनमा मरुभूमिमा हिंडिरहेको छु । मैले बुबालाई दशैंमा किताब उपहार लगिदिएको थिएँ, आचार्य चतुरसेनको ‘वयं रक्षाम’ । उहाँ आरूको रुख फेदमूनि बसेर हरेक बिहान-साँझ किताब पढिरहनुहुन्थ्यो ।…
Read More »म स्वयंम आफैंमा एउटा कथा हुँ, अनि मात्रै एउटा कथाकार ! तपाईंहरू सबैलाई आज म आफूले रचेको कथा होइन, मेरो आफ्नै कथा कहन्छु ! जुन कथा मैले आजसम्म बुझ्न सकिनँ, बुझाउन सकिनँ, सम्झिन सकिनँ, सम्झाउन सकिनँ, पढ्न सकिनँ, समाधान गर्न सकिनँ ! सम्झिनुस, यो कथा एउटा रहस्य हो, पेँहेली हो ! सायद तपाईंहरूले यो रहस्यको गाँठो खोल्न सक्नुहुन्छ कि ?…
Read More »एउटा अचम्मको किस्सा ! सुरु’मै बताइदिन्छु, यो कुनै लोक अथवा परी कथा होइन । यो सत्य घटना हो । यो मेरो कथा हो । बुझ्नुस्, यो मेरो जिन्दगीको हिस्साको सानो किस्सा हो ! धेरै धेरै वर्ष पहिलेको कुरा हो । त्यति धेरै समय पछाडि पुग्नु पनि पर्दैन । यत्ति बुझ्नुस्, म त्यो बेला स्कुलमा पढ्थेँ । त्यो बेलाको कुरा हो,…
Read More »