निन्द्रा

म भन्दा पहिला सपना बिउँझिन्छ
जो कहिलै
पूरा निन्द्रा निदाउँदैन
र बिहान भन्दा पहिला म बिउँझिन्छु
जो सधैं
निदाउँन चहान्छ
आमाको कोखमा
नौँ महिना निदाएको म
यश लोकमा पनि
निदाइरहन चहान्छु
त्यसैले त
हिजोआज म रात भन्दा चाडैँ
ओछ्यानमा सुत्न जान्छु !

म भन्दा पहिला सपना बिउँझिन्छ
जो कहिलै
पूरा निन्द्रा निदाउँदैन
र बिहान भन्दा पहिला म बिउँझिन्छु
जो सधैं
निदाउँन चहान्छ
आमाको कोखमा
नौँ महिना निदाएको म
यश लोकमा पनि
निदाइरहन चहान्छु
त्यसैले त
हिजोआज म रात भन्दा चाडैँ
ओछ्यानमा सुत्न जान्छु !