VIKINGS

“म भाइकिङ्ग हुँ । म त्यो होइन, जो कतै गएर रोकिन्छ । कतै पुगेर विश्राम मार्छ । म यात्री हुँ । मलाई अझै यात्रा गर्नु छ ।”
हो, म पनि तपाईं जस्तै सिडि / डिभिडीको जमानाको मान्छे !
‘बालाजु’ नजिकै ‘म्हैपी’मा एउटा सिडि पसल थियो जहाँ फिल्महरुको भन्दा धेरै सिरिजहरुको सिडि पाइन्थ्यो । त्यो मेरो सिडि किन्ने अड्डा भएको थियो । त्यहाँ गएको बेला एकचोटिमा पाँच-छवटा सिडि लिएर आउथेँ । रुममा सिडि ब्याग भरिएर फुट्ला’झैँ भै’सकेको थियो ।
सिडि पसले दाइले नयाँ-नयाँ, राम्रा-राम्रा फिल्महरु, सिरिजहरु मलाई सिफारिस गर्नुहुन्थ्यो । केही म उहाँलाई पनि गर्थेँ । हामी यति नजिक भै’सकेका थियौँ कि उहाँले मलाई कहिलेकाहीँ एक-दुईवटा सिडि बोनस’मै दिनुहुन्थ्यो । हामी पसलमा घन्टौंसम्म बसेर फिल्म-सिरिजका कुरा गर्थ्यौँ । साँच्चै भन्नुपर्दा, त्यो बेला फिल्म-सिरिजका कुरा गर्नलाई म सँग मात्र दुई पात्र थिएँ- एउटा मेरो परम मित्र [ सुजन ] थियो / छ, अर्को त्यहीँ सिडि पसले ।
‘GAME OF THRONES’ ले मेरो मन मस्तिष्क मज्जैसँग हल्लाइरहेको थियो त्यो बेला । म त्यसको अर्को सिजनको प्रतीक्षामा थिएँ, सायद सिजन चार हुनुपर्छ । मलाई नशा चढिसकेको थियो । मलाई अझै मातिनु थियो । हराउनु थियो । कल्पनामा उड्नु थियो । सिरिजको तलतल बढ्दै गयो ।
त्यो बिच समयमा थुप्रै सिरिजहरु हेरियो । ‘THE SECRET CIRCLE’, ‘THE 100’, ‘THE SHANNARA CHORONICALS’, ‘THE VAMPIRE DIARIES’, ‘TEEN WOLF’, ‘ARROW’, ‘REIGN’, ‘TRUE BLOOD’, ‘SUPERNATURAL’, ‘THE ORIGINALS’, ‘THE OUTLANDER’, ‘ONCE UPON A TIME’, ‘BLACK SAILS’, ‘DA VENCI DEMONS’, ‘MERLIN’, ‘THE WALKING DEAD’ कति-कति ।
कति नाम त स्मृतिबाट पनि हराइसकेँ । हेरेको मध्य कम मन पर्यो । तर, ‘THE BREAKING BAD’, ‘LOST’, ‘SPARTACUS’ जत्तिको कुनैले त्यस्तो मजा दिन सकेन । नशा दिन सकेन । मलाई अझै प्यास लागिरहेको थियो । भोक जागिरहेको थियो । त्यहीँ समय मैले ‘VIKINGS’ लाई भेट्टाएँ । त्यो बेला ‘VIKINGS’ को सिजन दुई सकिसकेको थियो । केही शृङ्खला हेरिसकेपछी म त्यो सिरिजको प्रेममा तुरुन्तै परिहालेँ, नराम्रोसँग । कहिल्यै नउत्रिने नशामा डुबेँ ।
पात्रहरु आफ्ना लाग्न थालेँ । आत्मिय लाग्न थालेँ । उनिहरुको खुशीमा रमाउन थालेँ । दुखमा आँखा पग्लिन थालेँ । लागिरह्यो, म पनि उनिहरुसँगै यात्रामा छु, कहिले समुन्द्रमा त कहिले पहाडमा ।
‘VIKINGS’ अर्थात् अर्काको जमिन कब्जा गर्ने । त्यहाँका मान्छेहरुको शिकार गर्ने । छापा मार्ने । लुट-पाट गर्ने । उनीहरुलाई पहिले-पहिले ‘INVADERS’, ‘PREDATORS’, ‘BARBARIANS’ नामहरुबाट चिनिन्थ्यो । पछि एघारौं शताब्दी देखि उनिहरुलाई ‘VIKINGS’ नामबाट चिन्न थालियो । ‘VIKINGS’ अर्थात् समुन्द्री खाडीबाट लुकेर अर्काको जमिनमा पस्ने र हमला गर्ने जाति । ‘VIKINGS’ को शुरुआत चौथो-पाचौं शताब्दी देखि भएको मानिन्छ । त्यसपछी बिस्तारै उनिहरु फैलिन थाले । उनिहरुको आतंक फैलिन थाल्यो ।
‘VIKINGS’ को आफ्नै रहनसहन, चालचलन थियो । जो बलियो छ, त्यसैलाई सारा झुंडको नायक मानिन्थ्यो । प्रमुख मानिन्थ्यो । उनीहरुलाई सानै देखि लड्न सिकाइन्थ्यो । उनिहरुका आफ्नै देवता हुन्थे । धर्म हुन्थे । भाषा हुन्थ्यो । उनीहरु देवतालाई मान्छेको बलि चढाउथे । उनिहरु सधैं भोका रहन्थे । नयाँ-नयाँ जमिन खोज्न हिड्थे । सधैं यात्रामा हुन्थे ।
कल्पनामा हामी आफुले बाँच्न खोजेको संसारमा बाँच्छौँ । बन्न खोजेको पात्र भएर बाँच्छौँ । कल्पनाको कुनै सिमा हुँदैन । सिमाना हुँदैन । त्यसैले त मानुस् नमानुस्, हामीलाई वास्तविक पात्रहरुले भन्दा ज्यादा काल्पनिक पात्रहरुले प्रेरित गर्छन् । उनिहरुको कथाले प्रेरणा दिन्छन् । अझ ‘VIKINGS’ मा त कल्पनाको तड्का मात्र होइन यो आफैंमा एउटा इतिहास हो । कथाको आयु सिमित हुन सक्छ तर इतिहास अमर हुन्छ । ‘VIKINGS’ एउटा अमर चित्र हो ।
त्यो बेलाको कालखण्ड, सभ्यता, संस्कृति, प्रकृति, धर्म, शैली, निति-नियम, कानुन, राज्य-ब्यबस्था सब्बै-सब्बै ‘VIKINGS’ सिरिजमा दुरुस्तै उतारेका / निकालेका छन् ‘MICHAEL HRIST’ले । उनी मेरो मनपसन्द लेखकहरुमा पर्छन् ।
VIKINGS सिरिज 13 औं शताब्दीका महान्, निडर भाइकिङ्ग ‘RAGNAR LOTHBROK’ को गाथामा आधारित छ । उसको दल-बलको बारेमा छ । उसको परिवारको बारेमा छ । जहाँ जटिल सम्बन्धहरु छन् । कठिन समय छ । भयानक समस्याहरु छन् । ‘VIKINGS’ को एउटा स्वणिम कालखण्डको बयान / बखान गरिएको छ, सिरिज ‘VIKINGS’मा ।
VIKINGS माटोलाई प्रेम गर्छन् । उनीहरुको जुन भूगोलमा उभिएपनी आफुलाई बिर्सिदैनन् । आफ्नालाई बिर्सिदैनन् । आफ्नो इतिहास बिर्सिदैनन् । आफ्नो संस्कार बिर्सिदैनन् । उनिहरु जिद्दी छन् । निडर छन् । हिंस्रक छन् । आफ्नो अस्तित्वलाई जोगाउन, चिनाउन उनिहरु जुन भूगोलमा जान पनि तयार छन् । जे गर्न पनि तयार छन् ।
‘RAGNAR’ सँग मेरो प्रेम बस्यो, जसरी बसेको थियो ‘GAME OF THRONES’ मा ‘EDDARD STARK’ सँग । जसरी बसेको थियो ‘LOST’ मा ‘JACK’ सँग । जसरी बसेको थियो ‘SPARTACUS’ मा ‘SPARTACUS’ सँग । म पनि उसैको उमेरको भएको थिएँ । म सायद ‘RAGNAR’ भएको थिएँ । समुन्द्री यात्रामा निस्कन्थेँ । नयाँ-नयाँ जमिनको खोजीमा निस्कन्थेँ ।
त्यो पात्र यति धेरै मन पर्न थाल्यो कि त्यो पात्र भएर अभिनय गर्ने कलाकार ‘TRAVIS FIMMEL’ को अरु फिल्म / सिरिजहरु खोजी-खोजी हेर्न थालेँ । ‘VIKINGS’ को हरेक नयाँ सिजनको व्यग्रतासँग प्रतीक्षा गर्न थालेँ ।
‘VIKINGS’को सिजन चार सकिए पछि म अडिएँ । लाग्यो, म मरेँ । मेरो आत्मा कतै छुट्यो । मलाई अगाडी बढ्ने हिम्मत आएन । धेरै दर्शकहरुले त्यहीँ सिजनबाट ‘VIKINGS’ हेर्न छाडेको स्विकारेका छन् । त्यहीँ सिजनबाट ‘VIKINGS’ लाई हेर्ने दर्शक मात्रै होइन सिरिजको रेटिङ्ग पनि घट्न पुग्यो । जसरी ‘THE WALKING DEAD’ को सिजन 6 मा प्रिय् पात्र ‘GLEEN’ को मृत्युपछि दर्शक र रेटिङ्ग दुबै घट्न गयो, ठ्याक्कै त्यसरी नै । साँच्चै भन्नुपर्दा, त्यो पछिको यात्रा मेरो पनि सकसपुर्ण रुपमा बित्यो ।
हामी पात्रहरुसँग कति मज्जाले घुलिन्छौँ । ती पात्रहरु हामी आफैं भएको कल्पिन्छौँ । उनिहरुको कथा आफ्नै लाग्छन् । उनिहरुसँग हाम्रो आत्मा जोडिन्छ । भावना जोडिन्छ । VIKINGS मा त्यस्तै केही अबिस्मरणिय पात्रहरु छन् जोसँग हामी तुरुन्तै कनेक्ट भै’हाल्छौँ । IRELAND को सुन्दर क्यानभासमा VIKINGS को कथा देखाइन्छ । त्यस्तो प्राकृतिक सौन्दर्य देखेर जोकोही मोहित हुन्छन् । पात्रको बिकास, कथाको बिकास लाजवाफ छ ।
‘VIKINGS’ मा अर्को जमिन, अरुको जमिनमा गएर अरु सैनिकहरुसँग मात्र युद्ध छैन । युद्ध आफूसँग पनि छ । आफ्नाहरुसँग पनि छ । लालचले मान्छेलाई कसरी अन्धा बनाउछ ? शक्तिको लागि मान्छे कुन हदसम्म जान सक्छ ? यसले मान्छेको प्रकृति नङ्गाइदिएको छ । यहाँ साथ छ, धोका छ । माया छ घृणा छ । बदला छ माफी छ । गल्ती छ ग्लानी छ । जादु छ कालो-जादु छ । यहाँ सबै छन् ।
एउटा साधारण महत्वाकांक्षी किसान कसरी इतिहासको महान भाइकिङ्ग बन्न / चिनिन पुग्छ ? उसका छोराहरुले उसको नामलाई कहाँसम्म बोकेर लैजान सक्छन् ? सिरिज त्यहीँ संघर्ष-यात्राको कथा हो । गाथा हो । इतिहास हो ।
विश्वास लागिरहेको छैन ।
अन्तिममा पृष्ठभुमिमा, “If i had a heart” गित बज्न थाल्छ । पहेँलो सुर्य बिस्तारै गुलावी हुँदै विराट समुन्द्रको कोखमा निदाउन पुग्छ । र सकिन्छ धेरै समय अघि देखि सुरु भएको एउटा अबिस्वास्निय / अबिस्मरणिय / अकल्पनीय यात्रा- ‘VIKINGS’ ।
म फेरि टुटेँ । छुटेँ । ‘VIKINGS’ सुरु गर्दा देखि अहिलेसम्मको समय खुरुरुरु मेरो मस्तिष्कमा दौडिन थाल्यो । हिजो जस्तै लाग्छ । यसरी फेरि अर्को परिवार बिछडियो । म एक्लिएँ ।
यहीँ सिरिजको सिक्वेल ‘NETFLIX’ले 2021 आ लिएर आउदैछ- ‘VIKINGS: VALHALLA’ को टाइटल बोकेर । त्यसमा ‘VIKINGS’को फरक कालखण्ड देखाइनेछ । फरक पात्रका फरक कथा देखाइनेछ । म एकदमै उत्साहित छु । प्रतीक्षामा छु ।
हाम्रो पुनर्मिलन हुनेछ, ‘VALHALLA’ मा । हामी देवता ‘ODIN’ को ठूलो सभा-हलमा मदिरा पिउदै रमाइलो गर्नेछौँ ।
SKOL !