THE BURIED GAINT

मसँग कुनै याद थिएन । सम्झना थिएन । यस्तो लाग्थ्यो, मेरो स्मरण-शक्ति कसैले लुटेर लगेको छ ।
केही समयपछि । कति समय, मलाई थाहा भएन । घन्टा । दिन । हप्ता । महिना । वर्ष । अँह, मलाई थाहा थिएन । केही मान्छेहरुले मलाई फेला पारे । मैले कसैलाई चिनिनँ । न त उनीहरूले नै मलाई चिने । पालैपालो उनीहरूले मलाई केही सोधे । केही भने ।
उनीहरूबाट थाहा पाएँ, त्यहीँ सम्मोहित पार्ने हुस्सुले मेरो यादहरू मेटाइदिएको रहेछ । मेरो सम्झना पखालिदिएको रहेछ । मेरो स्मरण-शक्तिलाई लुटेर लगेको रहेछ । उनीहरूबाट यो पनि थाहा पाएँ, त्यो बाक्लो हुस्सु वास्तवमा हुस्सु नभएर ‘ड्र्यागन’ले ओकलेको सास रहेछ । त्यहीँ जनावरले गर्दा हामी सबैले आफ्नो यादहरू हराएका रहेछौं । सम्झनाहरू बिर्सिएका रहेछौं ।
म उनीहरूको कुराले स्तब्ध भएँ ।
ती मान्छेहरू त्यहीँ ड्रयागनलाई मार्न उसको ओडारमा जाँदै रहेछन् । त्यहाँ जाने क्रममा मलाई बाटोमा फेला पारेका रहेछन् । केही समयपछि उनीहरू उक्त ड्र्यागनलाई मार्न माथि पहाडमा उक्लिएँ । म चाहिँ त्यहीँ नदीकिनारमा उभिरहेँ ।
झरी रोकियो । रात पर्यो । मर्यो । सूर्य उदायो । अस्तायो । समय बित्यो । कति समय, मलाई थाहा भएन । घन्टा । दिन । हप्ता । महिना । वर्ष । अँह, मलाई थाहा थिएन । बिस्तारै हुस्सु हट्दै गयो । म हुस्सुको पन्जाबाट मुक्त हुँदै गएँ । बिस्तारै मेरा यादहरू फर्किन थालेँ । सम्झनाहरू आउन थालेँ । स्मरण-शक्ति फर्किन थाल्यो ।
मैले अनुमान लगाएँ, ती मान्छेहरूले ड्र्यागनलाई मारेँ । त्यो जनावरलाई मारेँ । म खुशी भएँ ।
म त्यस्तो अबस्थामा त्यो ठाउँमा कसरी आइपुगेँ ? किन आइपुगेँ ? कहाँबाट आइपुगेँ ? कोसँग आइपुगेँ ? बिस्तारै मलाई सबै याद हुन थाल्यो । बिस्तारै मलाई डर लाग्न थाल्यो । म काँप्न थालेँ । छट्पटाउन थालेँ ।
नदीकिनारमा मैले एउटा माझीलाई देखेँ । मैले पहिले भेटेको माझी त्यो होइन । त्यो माझी अर्कै थियो । मैले उसलाई नदी पारी पुर्याइदिन आग्रह गरेँ । उसले मान्यो । म नदी पारी पुगेँ । झोड-झोडले आफ्नो प्रेमिकालाई बोलाउन थालेँ । उसलाई पुकार्न थाले । मेरो आवाज उसले सुनिन । मैले उसलाई भेटिनँ । म रुन थालेँ । कराउन थालेँ । आफूलाई सराप्न थालेँ ।
मैले उसलाई दिनभरी खोजेँ । रातभरी खोजेँ । कतै भेटिनँ । बिहान नदीको छालले एउटा मृत शरीरलाई किनारमा हुत्याइदियो । म डराउदै नजिक गएँ । मृत शरीर मेरो प्रेमिकाको थियो । उनी मेरो प्रतीक्षामा बसेर थाकिसकेकी थिइन् । मरिसकेकी थिइन् ।
म झोड-झोडले रुन थालेँ । चिच्याउन थालेँ । आफूलाई कोपार्न थालेँ ।
म र मेरि प्रेमिका हामी दुबै त्यो अपरिचित भूगोलमा आएका थियौँ । हाम्रा पुरानो बहुमुल्य यादहरू / सम्झनाहरू मेटाउने त्यो ड्र्यागनलाई मार्न आएका थियौँ । नदी तर्ने क्रममा माझीले एकपटकमा एकजना यात्रीलाई मात्र डुंगामा राख्न सकिन्छ भनेको थियो । माझीले भनेको हामीले मान्यौँ । उसलाई विश्वास गर्यौँ । सुरुमा प्रेमिकालाई डुंगामा बसाएँ । उनलाई माझीले नदी पार लिएर गयो ।
म यतै किनारमा माझीलाई कुरेर बसिरहेको थिएँ । एक्कसि हुस्सुको आगमन भयो । तर, माझी फर्किएन । उसले मलाई छल गर्यो अथवा हुस्सुले उसको पनि यादहरू मेटाइदियो थाहा भएन । बिस्तारै मेरो पनि याद मेटिदै गयो ।
म त्यस्तो अबस्थामा त्यो ठाउँमा कसरी आइपुगेँ ? किन आइपुगेँ ? कहाँबाट आइपुगेँ ? कोसँग आइपुगेँ ? मैले सबै बिर्सिदै गएँ ।
यत्तिकैमा मेरो निन्द्रा टुट्यो । सपना छुट्यो ।
ब्युँझिदा सिरानीमा “KAZUO ISHIGURO” को किताब “THE BURIED GAINT” थियो ।